उपचारका क्रममा रेनेले आफ्नो कुकुरलाइ बचाउँदै भने कि यो मेरो एकदमै प्यारो कुकुर हो । गलती मेरो नै थियो । मैले शिकार ग
र्नुअघि सबै प्रकारका सुरक्षाको उपायहरू नगरेका कारण यस्तो घटना भयो । यसमा मेरो कुकुरको कुनै गलती छैन् ।
ती व्यक्तिले बताए अनुसार उनी शिकार खेल्न गएका थिए । त्यतिबेला उनका
साथमा तीन वटा कुकुरहरू रहेका थिए । जब शिकार शुरू भयो तीन मध्ये दुइ वटा
कुकुरहरूले शिकारका लागि अगाडी थिए । उक्त कुकुर भने उनीसंगै थियो ।
रेनेले
एउटा शिकार गरे । शिकारपछि खुसी भएको कुकुरले खुसी व्यक्त गर्दै उनीसंग
टासिएको थियो । त्यतिकैमा उनको हातमा रहेको बन्दुकमा गलतीले कुकुरको पंजा
पर्यो । कुकुरको पंजा लोडेड बन्दुकको ट्रिगरमा पर्ने वित्तिकै गोली चल्यो ।
यस घटनामा रेनेलाइ पाखुरामा गोली लाग्यो । उनलाइ एयर एम्बुलेन्समा राखेर
अस्पताल पुर्याइयो । पछि उनको दाहिने हातमा लागेको गोली अस्पतालमा
निकालिएको थियो ।
No comments:
Post a Comment