search here if not found avobe

Sunday, September 23, 2012

chor bato bata facebook

काठमाडौं, २ असोज । सरकारले सिंहदरबारभित्रका सम्पूर्ण कार्यालयमा फेसबुक प्रयोगमा प्रतिबन्ध लगाएको डेढ महिना पुग्न लागेको छ । तर, कर्मचारी भने ‘चोरबाटो’बाट फेसबुक चलाइरहेका नै भेटिन्छन् ।
कर्मचारीहरू कामभन्दा अरूतिर व्यस्त भएको भन्दै प्रधानमन्त्री र मुख्यसचिवको सक्रियतामा साउन अन्तिम सातादेखि कार्यालय समयमा फेसबुक चलाउन प्रतिबन्ध लगाइएको थियो । तर, कर्मचारी भने चोरबाटो प्रयोग गर्दै फेसबुकबाट आफन्तसँग गफिरहेका भेटिन्छन् ।
पर्यटन, परराष्ट्र, शान्ति तथा पुनर्निर्माण, सहरी विकास, भौतिक योजना, निर्माण तथा यातायात, कृषि, वातावरण तथा विज्ञान प्रविधि, श्रम तथा रोजगारलगायत मन्त्रालयका कर्मचारी ‘चोरबाटो’ प्रयोग गरी फेसबुक चलाइरहेका छन् । ती मन्त्रालयमा पुगियो भने कर्मचारी फेसबुकमै झुम्मिएका भेटिन्छन् ।
स्रोतका अनुसार कर्मचारीले चोरबाटोबाट फेसबुक चलाउने गरेको पाइएपछि गोप्य रूपमा सबै मन्त्रालयमा अनुगमन गरिने भएको छ । अनुगमनका क्रममा फेसबुक वा अन्य इन्टरनेटका माध्यमबाट हुने अन्य कुनै काममा संलग्न रहेको पाइए पहिलोपटक चेतावनी दिने, दोस्रोपटक नाम सार्वजनिक गर्ने, त्यति गर्दा पनि कर्मचारी सोही कार्यमा व्यस्त रहे ती कर्मचारीलाई इन्टरनेट सुविधा नै बन्द गर्ने तयारी छ । सरकारले फेसबुक, ट्विटरलगायत सामाजिक सञ्जालबाहेकका इन्टरनेट सुविधा मात्र लिन कर्मचारीलाई निर्देशन दिइसकेको छ ।
कार्यालय समयमा फेसबुकमार्फत साथीसँग च्याट गरिरहेका भौतिक योजना मन्त्रालयका एक अधिकृत भने, ‘यसैमा भुल्न हुँदैन तर फुर्सदका बेला साथीसँग कुरा गर्न र फोटो अपलोड गर्दा फरक पर्दैन ।’ उनले फेसबुक सिधै खोल्न नसकिने उल्लेख गर्दै अन्य तरिकाबाट खोल्न सकिने बताए । उनले भने, ‘मलाई यहाँकै कम्प्युटरसम्बन्धी काम गर्ने साथीहरूले सिकाएका हुन् ।’
परराष्ट्र मन्त्रालयका एक कर्मचारीले पनि कम्प्युटरसम्बन्धी काम गर्ने कर्मचारीले फेसबुक खोल्न नयाँ तरिका सिकाएको उल्लेख गरे । ‘फेसबुकबाट धेरै खाले जानकारी पाइने भएकाले कहिलेकाहीँ चलाइन्छ,’ फेसबुकमा फोटो अपलोड गर्दै गरेका एक अधिकृतले भने, ‘काम नभएका बेला सूचना तथा मनोरञ्जन एकैपटक पाइने सामाजिक सञ्जाल चलाउँदा फरक पर्दैन ।’
सरकारी काम चुस्त बनाउन सरकारले सिंहदरबारभित्रका कार्यालयमा कार्यरत कर्मचारीका लागि इन्टरनेट सुविधासहित कम्प्युटरको व्यवस्था गरेको छ । तर, खरिदारदेखि सचिवसम्मका अधिकांश कर्मचारी काम छाडेर फेसबुकमै रमाउन थालेपछि सरकारले सुरुमा बिहान ९ देखि दिउँसो ३ बजेसम्म फेसबुक बन्द गरेको थियो । पछि प्रतिबन्धको समय बढाएर साँझ ५ बजेसम्म पुर्‍याइएको छ ।
‘कर्मचारीहरू कार्यालय आएदेखि फेसबुकमा अल्झिन थालेपछि काममा चुस्तता ल्याउन फेसबुक बन्द गरिएको हो,’ सिंहदरबारभित्रको इन्टरनेट सेवा हेर्दै आएको अर्थका उपसचिव दुर्गेशकुमार प्रधानले भने, ‘अब चोरका लागि हरेक बाटो हुन्छ, ती बाटोको प्रयोग गरेर सिंहदरबारका कर्मचारीले फेसबुक चलाउँछन् भन्ने जानकारी पाइएको छ ।’ यो प्राविधिक कार्य भएकाले त्यसमा आबद्ध कर्मचारीलाई यसबारे जानकारी हुने गरेको तिनै कर्मचारीबाट चोरबाटो प्रयोग गरी फेसबुक चलाउने गरेको प्रधानको
भनाइ थियो ।
‘पहिलेजस्तो भने सिंहदरबारभित्र फेसबुक सबैको पहँुचमा छैन,’ उपसचिव प्रधानले भने, ‘कर्मचारीहरू फेसबुकमै भुल्न थालेपछि बन्द गर्ने निर्णय भएको हो ।’
फेसबुक, टुइटरजस्ता सामाजिक सञ्जाल प्रयोग गर्दा कर्मचारी मात्र होइन, जो–कोही पनि व्यस्त हुने भएकाले कार्यालय समयमा प्रयोग नगर्दा राम्रो हुने उनले बताए ।
परराष्ट्रका प्रवक्ता अर्जुन थापाले सरकारको नियमबाहिर कुनै पनि कर्मचारी जान नहुने बताए । ‘कर्मचारीहरू चोरबाटोबाट फेसबुक चलाउनु कर्मचारी आचारसंहिताविपरीत हुन्छ, त्यो रोक्नुपर्छ सरकारले नै फेसबुक नचलाउनू भनेपछि कार्यालय समयमा कुनै पनि कर्मचारी फेसबुक चलाउन मिल्दैन ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता जगदीश रेग्मीले फेसबुक बन्द गर्दा धेरै कर्मचारी काममा लागिपरेको पाइएको बताए । उनले भने, ‘तर, चोरबाटोबाट फेसबुक चलाउन सकिने भएकाले केहीले चलाएका पनि हुन सक्छन् ।’

punishment for corrupted forest incharges

काठमाण्डौ, आश्विन ५/ अख्तियार दुरुपयोग अनुसन्धान अयोगले डडेल्धुरामा अनियमित काठ कटान  गरी भ्रष्टाचार गरेको ठहर गर्दै ११ सरकारी कर्मचारी र १ सय ७४ सामुदायिक वनका पदाधिकारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
मुद्दा दर्ता गरेका सरकारी कर्मचारीमा सुदूरपश्चिमाञ्चल क्षेत्रीय वन निर्देशनालयका तत्कालीन क्षेत्रीय निर्देशक विजयराज पौडेल, जिल्ला वनअधिकृत धनिशचन्द्र ठकुरी, कृष्ण प्रसाद वस्ती, सहायक जिल्ला  वन अधिकृत राजेश कुमार साह, भोला प्रसाद चौधरी, देवशरण यादव, सुरेश प्रसाद सिंह, बुद्धिराज भट्ट, रामेश्वर खकुराल, राम प्रसाद चौधरी र वन अधिकृत (फरेस्टर) ईश्वरसिंह बोहरा छन् ।
यसैगरी, १ सय आठ ओटा वनका १ सय ७४ जना पदाधिकारी विरुद्ध पनि मुद्दा दायर गरिएको छ । अख्तियारले अनियमितताबारे २२ माघ २०६८ देखि २५ भदौ २०६९ सम्म अध्ययन गरेको थियो । अध्ययन टोलीमा अख्तियारका सहसचिव कृष्ण प्रसाद ढुंगाना, उपसचिव लक्ष्मण गौतम र शाखा अधिकृत गोविन्द प्रसाद घिमिरे खटिएका थिए । वन फँडानीबाट ३ करोड १० लाख १४ हजार ३ सय ७२ रुपैयाँ विगो असुल गर्नु पर्ने दायर मुद्दामा उल्लेख छ । अनुसन्धान टोलीले ६ सय ४४ पृष्ठ लामो प्रतिवेदन तयार गरेको छ ।
डडेल्धुरा जिल्ला परिषद् तथा जिल्लाको सर्वदलीय संयन्त्रले जिल्लामा पाँच वर्षका लागि कटान प्रतिबन्ध गर्ने भनेर गरेको निर्णयका सन्दर्भमा विभागीय मन्त्रिस्तरबाट आदेश भइसक्दा पनि २ जेठ २०६७ सम्म आफैसँग लुकाई राखी सोही मितिसम्म कटान आदेश दिएको अख्तियारले जनाएको छ ।

facebook reason of resigne :D

मेलबोर्न, असोज ३, करिब २० प्रतिशत कर्मचारीहरूका अनुसार यदि आफ्नो अफिसमा फेसबुक जस्ता सोशियल मिडिया साइट सम्म पुग्ने पहुँच दिइँदैन भने उनीहरूलाइ त्याहाँको जागिरनै त्याग गर्न सक्ने बताएका छन् ।
कर्मचारी रोजगारदाता कम्पनी हायेसका ८७० जना कर्माचारीहरूमा गरिएको एक अध्ययनबाट यो कुरा प्रकासमा आएको हो । अध्ययन अनुसार यदि कार्यस्थलमा उनीहरूलाइ सोशियल मिडियाको पहुंच सिमित गरिन्छ भने १९.७ प्रतिशत कर्मचारीहरूले जागिरनै छाड्ने बताएका छन् ।
समाचार एजेन्सीका अनुसार, यस  सर्भेमा भाग लिने करीब आधा मानिसहरूको भने आफ्नो कार्यस्थलमा सोशियल साइटसम्म पहुँच रहेको थियो । १३.३ प्रतिशत मानिसहरूले यसको दैनिक प्रयोग गर्ने गर्दथे भने ३६.४ प्रतिशतले कहिलेकाहीँ मात्र यसको प्रयोग गर्ने बताएका थिए ।
कम्पनीहरूमा पनि आफ्ना कर्मचारिहरूको सोशियल मिडिया साइटको प्रयोग गरेकोमा कुनै प्रकारको आपत्ति नरहेको बताएका थिए । करीब आधा (४४.३ प्रतिशत) कम्पनीहरूले भने कर्मचारीहरूलाइ यस प्रकारको सुविधा दिएमा मात्र कर्मचारीहरूसंग सम्बन्ध राम्रो हुने र उनीहरू कम्पनिमा लामो समय सम्म बस्न सक्ने वातावरण बन्न सक्दछ भन्ने रहेको थियो । करिब एक तिहाई रोजगारदाताले यस कुरामा कुनै आपत्ति नभएको बताएका थिए ।
पेरिस, असोज ४, कुकुर मानिसको सबैभन्दा बफादार साथी हो भन्ने हरूका लागि एउटा अचम्मको समाचार छ । समाचार अनुसार फ्रान्समा शिकारका क्रममा कुकुर उफ्रेपछि गोली चल्दा त्यस कुकुरका मालिक घाइते भएका छन् ।  फ्रान्सको दक्षिण पश्चिममा रहेको डारडोङमा यो घटना भएको थियो । घटनामा परि ५५ बर्षीय रेनेलाइ एयर एम्बुलेन्सबाट बोरदोक्सको अस्पतालमा पुर्याइएको थियो ।
उपचारका क्रममा रेनेले आफ्नो कुकुरलाइ बचाउँदै भने कि यो मेरो एकदमै प्यारो कुकुर हो । गलती मेरो नै थियो । मैले शिकार ग
र्नुअघि सबै प्रकारका सुरक्षाको उपायहरू नगरेका कारण यस्तो घटना भयो । यसमा मेरो कुकुरको कुनै गलती छैन् ।
ती व्यक्तिले बताए अनुसार उनी शिकार खेल्न गएका थिए । त्यतिबेला उनका साथमा तीन वटा कुकुरहरू रहेका थिए । जब शिकार शुरू भयो तीन मध्ये दुइ वटा कुकुरहरूले शिकारका लागि अगाडी थिए । उक्त कुकुर भने उनीसंगै थियो ।
रेनेले एउटा शिकार गरे । शिकारपछि खुसी भएको कुकुरले खुसी व्यक्त गर्दै उनीसंग टासिएको थियो । त्यतिकैमा उनको हातमा रहेको बन्दुकमा गलतीले कुकुरको पंजा पर्यो । कुकुरको पंजा लोडेड बन्दुकको ट्रिगरमा पर्ने वित्तिकै गोली चल्यो । यस घटनामा रेनेलाइ पाखुरामा गोली लाग्यो । उनलाइ एयर एम्बुलेन्समा राखेर अस्पताल पुर्याइयो । पछि उनको दाहिने हातमा लागेको गोली अस्पतालमा निकालिएको थियो ।

world record of naked swiming in ocean :x

लण्डन, असोज ७, सैयौंको संख्यामा ब्रिटिश पौडीबाजहरूले शनिबार उत्तर सागरमा नग्न भएर पौडी गरेका छन्, तर सहभागीहरूको संख्या कमी भएका कारण यसले विश्व कीर्तिमान भने राख्न सकेन् ।

आयोजकहरूले बताए अनुसार शनिबार सूर्योदयको समयमा लगभग २०० को संख्यामा रहेका मानिसहरूले नर्दम्बरल्याण्डमा स्थित ड्रूरिज तटबाट पौडी खेल्न शुरू गरेका थिए । उत्तर सागरको पानी निकै चिसो रहेको थियो । उनीहरूले पौडी खेल्ने बेला पानीको तापक्रम १२ डिग्री सेल्सियस रहेको बताइएको छ ।
यस पौडीका आयोजक ज्याक्लीन हिजिनसन (३४) ले बताए अनुसार यस कार्यक्रमबाट मानसिक स्वास्थ्यसंग जोडिएको समूहका लागी हजारौं पाउण्ड संकलन गरिएको छ, तर पौडी खेल्नेहरूको संख्या कमी भएका कारण विश्व कीर्तिमान भने राख्न सकिएन ।
हिजिनसनले बताए नुसार यस ‘धार्मिक कार्यका लागि धन संकलन तथा कार्यक्रममा मनोरञ्जनका लागी मानिसहरूले नग्न भएर समुद्रमा पौडी खेलेका थिए । यस अघि यस्तै प्रकारको कार्यक्रम सन २०११ मा वेल्समा आयोजना गरिएको थियो । जुन कार्यक्रमले विश्व किर्तिमान राखेको थियो । जसमा ४१३ जना मानिसहरूले नग्न भएर समुद्रमा पौडी खेलेका थिए ।

america lai chappal :D

गोपाल काफ्ले बिर्तामोड, १५ भदौ । संयुक्त राज्य अमेरिकाको जुत्ता उत्पादक कम्पनी आइकोन सु डिजाइनले विश्व शान्तिका अग्रदुत गौतम बुद्धको तस्वीर जुत्तामा राखेको भनी आलोचना र विरोध भइरहँदा महाशक्ति राष्ट्र अमेरिकाकै बहालवाला राष्ट्रपति बाराक ओवामाको तस्वीर अंकित चप्पल पनि पाइएको छ । जुत्तामा अंकित बुद्धको तस्वीर खुट्टाको माथिल्लो भागमा पथ्र्यो तर ओबामाको तस्वीर पैतालातर्फ राखिएको छ । चप्पलमा उत्पादक कम्पनीको नाम ठेगाना प्रष्टसँग उल्लेख गरिएको देखिँदैन । बिर्तामोडको बजारमा यस्तो चप्पल दुई सय पचासदेखि तीनसय रुपियाँसम्ममा उपभोक्ताहरुले खरिद गरिरहेका छन् ।  विश्व शान्तिको सन्देश फैलाउने नेपालका राष्ट्रिय विभूति गौतम बुद्ध हुन् वा अमेरिकी राष्ट्रपति बाराक ओबामा उनीहरुको तस्वीर जुत्तामा अंकित गरेर उत्पादक कम्पनीहरुले दुवैको अपमान गरेको जानकारहरु बताउँछन् । यस्तो कार्यले धार्मिक, सांस्कृतिक वा सामाजिक अन्तर सम्बन्ध खलबलिने सम्भावना प्रवलरुपमा बढेर गएको उनीहरुको बुझाई छ । एक अगुवा सञ्चारकर्मीले शाक्ति राष्ट्रहरुको अन्तरविरोध जुत्ता र चप्पलमा खनिन लागेको अनुमान लगाए । जसरी अमेरिकी जुत्ता कम्पनीले बुद्धको तस्वीरलाई जुत्तामा अंकित गरेर आफ्ना भगवानको अपमान गर्यो, त्यसैको विरोधमा बौद्धमार्गी बाहुल्य रहेको मुलुकका चप्पल उत्पादकले ओबामाको तस्वीर अंकित गरेको हुनसक्छ, उनले अनुमान लगाए । उत्पादक कम्पनी नखुलेका कारण कहाँबाट यस्तो चप्पल बजारमा आयो खोजीको विषय बनेको छ ।

Tuesday, September 18, 2012

teej in surunga

SURUNGA WOMEN'S CELEBRATING TEEJ WITH FULL ENERGY WOW :X

2069 teej surunga  ka mahela haru dwara vabyata purwak maniyo....... 

 

Monday, August 27, 2012

staff nurse just in bright future institute


welcome to our lovely surunga .............. this site is in uderconstruction so please be patient as well help us to make it more better by sending your articles and materials on adanthanynbs@gmail.com ............ thank you!